नेपालमा थप ३ जनामा देखियो कोरोना संक्रमण « Arthapath.com
२२ चैत्र २०७६, शनिबार

नेपालमा थप ३ जनामा देखियो कोरोना संक्रमण



काठमाडौं । नेपालमा थप ३ जनामा कोरोनाको संक्रमण देखिएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ । स्वास्थ्य मन्त्रायका अनुसार कोरोना संक्रमित २ जना भारतबाट फर्किएको बताइएको छ ।

उनीहरुमा कैलालीका एकजना २१ वर्षीय पुरुष र उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरुष रहेका छन् । त्यस्तै अर्का कैलालीमा उपचाररत कोरोना संक्रमितका आफन्तमा कोरोना संक्रमण फेला परेको मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्