लकडाउन कडा हुने, एक स्थानीय तहबाट अर्काे स्थानीय तहमा आवगमनमा काडाई « Arthapath.com
२२ चैत्र २०७६, शनिबार

लकडाउन कडा हुने, एक स्थानीय तहबाट अर्काे स्थानीय तहमा आवगमनमा काडाई



काठमाडौं । सरकारले लकडाउनलाई पूर्ण पालना गराउन सबै निकायलाई प्रभावकारी रूपमा काम गर्ने गरी परिचालन गर्ने निर्णय गरेको छ । शनिवार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला तथा एक स्थानीय तहबाट अर्को स्थानीय तहको आवगमनमा कडाइ गर्ने निर्णय गरेको छ । त्यस्तै बिरामी फर्काउने अस्पतालाई सरकारले कारबाही गर्ने पनि बताएको छ । सरकारले बिरामी जाँच्न नमान्ने र फर्काउने अस्पताललाई कारबाही गर्ने निर्णय गरेको छ । स्वास्थ्य सेवासँग आवद्ध कर्मचारीहरुको राजिनामा स्वीकृत नगर्न निर्देशन सामाजिक विकास मन्त्रालयलाई दिएको हो ।


प्रतिक्रिया दिनुहोस्