कैलाली, कञ्चनपुर र बाग्लुङमा ‘मास टेष्टिङ’ गरिने « Arthapath.com
२२ चैत्र २०७६, शनिबार

कैलाली, कञ्चनपुर र बाग्लुङमा ‘मास टेष्टिङ’ गरिने



काठमाडौं । सरकारले लकडाउनलाई पूर्ण पालना गराउन सबै निकायलाई प्रभावकारी रूपमा काम गर्ने गरी परिचालन गर्ने निर्णय गरेको छ । शनिवार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला तथा एक स्थानीय तहबाट अर्को स्थानीय तहको आवगमनमा कडाइ गर्ने निर्णय गरेको छ । त्यस्तै बिरामी फर्काउने अस्पतालाई सरकारले कारबाही गर्ने पनि बताएको छ । सरकारले बिरामी जाँच्न नमान्ने र फर्काउने अस्पताललाई कारबाही गर्ने निर्णय गरेको छ । स्वास्थ्य सेवासँग आवद्ध कर्मचारीहरुको राजिनामा स्वीकृत नगर्न निर्देशन सामाजिक विकास मन्त्रालयलाई दिएको हो ।

कैलाली, कञ्चनपुर र बाग्लुङमा कोरोनाको संक्रमण देखिएकाले ती जिल्लाहरुमा ‘मास टेष्टिङ’ गरिने भएको छ । पहिलो चरणमा र्यापिड परीक्षण गरिने र थप पुष्टि दोस्रो चरणको परीक्षणबाट गरिने प्रवक्ता खतिवडाले बताए ।

https://artha.appharu.com/bisheshnews/2020/04/04/5531/


प्रतिक्रिया दिनुहोस्