नेपालमा कोरोना पोजेटिभ ७५ पुगे,नेपालगञ्जमा एकैदिन भेटिए १५ जना « Arthapath.com
२१ बैशाख २०७७, आईतवार

नेपालमा कोरोना पोजेटिभ ७५ पुगे,नेपालगञ्जमा एकैदिन भेटिए १५ जना



नेपालगञ्ज । नेपालमा एकैदिन १५ जना कोरोना संक्रमिणको पुष्टि भएको छ । मस्जिद र मदरसामा कोरोना भाइरस ((कोभिड–१९) परीक्षण गर्ने क्रममा अन्सारी मस्जिदमा अजन पठाउने ६० वर्षको व्यक्तिमा संक्रमणको पुष्टि भएपछि उनीसंगैरहेका १५ जनामा कोरोना भेटिएको हो । यसअघि ३० वटा नमुना परीक्षण गर्दा ९ जनामा संक्रमण देखिएको थियो । आइतबार साँझ नै थप ३० जनाको परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालगञ्जमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ ।

आइतबार थपिएका कोभिड–संक्रमितमध्ये ८ पुरुष र ७ महिला छन् र उनीहरु ७ देखि ६० वर्षसम्मका छन् । संक्रमण पुष्टि भएका १५ जना शुक्रबार कोभिड–१९ पोजेटिभ पुष्टि भएका ६० वर्षीय पुरुषको सम्पर्कमा आएकाहरु रहेको भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापाले बताए ।


प्रतिक्रिया दिनुहोस्