मध्येराती बाँकेमा गाडी दुर्घटना १२ जनाको मृत्यु
काठमाडौं । गएराती बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिका गाडी दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ । भारतको रुपैडिया नाका हुँदै नेपाल प्रवेश गरेका नेपाली नागरिकलाई सल्यानतर्फ लैजादैगर्दा गाडी दुर्घटनामा परेको हो ।
घट्नामा परि २० जना घाइते भएका छन । ११ जनाको घट्नास्थलमै र १ जनाको उपचारको क्रममा मृत्युभ्रएको जनाइएको छ । ना ५ ख ५९९५ नम्बरको फोर्ड गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किएर दुर्घटना भएको हो ।
घाइतेहरुको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार भैरहेको छ । मृतकहरुको सनाखत भैसकेको छैन ।