काठमाडौं भित्रिने र बाहिरने बाटो खुल्यो, नयाँ पास बन्द « Arthapath.com
३२ जेष्ठ २०७७, आईतवार

काठमाडौं भित्रिने र बाहिरने बाटो खुल्यो, नयाँ पास बन्द



काठमाडौं – जिल्ला प्रशासन कार्यालय काठमाडौँले पासहरु बन्द गर्ने निणर्य गरेका छ ।

आज कार्यालयले एक विज्ञप्ति जारी गर्दै काठमाडौँ जिल्लाभरि पास बन्द गर्ने जानकारी दिएको छ ।

जेठ २८ गतेको निर्णयले जोरबिजोर प्रणालीमा निजी सवारी सञ्चालन गर्ने निर्णय गरेपछि पास बन्द गरिएको प्रशासन कार्यालय काठमाडौँले जनाएको छ। जारी भएका पासको सम्बन्धमा भने स्पष्ट केही खुलाइएको छैन।

यसैगरी जिल्ला बाहीर रहेका मानीसलाई समेत ल्याउन व्यवस्था मिलाएको जानकारी दिएको छ । त्यसको लागी काठमाडौँको कुन नगरपालिकामा बस्ने हो। त्यही नगरपालिकाले आउनुपर्ने जिल्लाको जानकारी सहित प्रवेशको अनुमति निवेदन कार्यालयमा दिनुपर्ने छ।

काठमाडौँबाट बाहिर जानको लागि भने व्यक्तिगत र संस्थागत आवश्यकता देखाएर कागजपत्र पेश गर्न अनुरोध गरेको छ।


प्रतिक्रिया दिनुहोस्