बागमती प्रदेशका २ स्थानिय तहमा बैंक पुगेन « Arthapath.com
२ असार २०७७, मंगलवार

बागमती प्रदेशका २ स्थानिय तहमा बैंक पुगेन



काठमाडौं । देशको संघिय राजधानीसमेत रहेको बागमती प्रदेशका २ स्थानिय तहमा बैंक पुग्न सकेको छैन ।

हिजो आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रश्तुत गर्दै प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले अझै २ स्थानिय तहमा बैंक पुग्न बाँकी रहेको बताए । बागमती प्रदेशका ११९ स्थानीय तहमध्ये ११७ स्थानीय तहमा सरकारी कारोबार गर्ने बैंकका शाखा विस्तार भएको र बाँकी २ स्थानिय तहमा पुर्वाधार नपुग्दा बैंक बस्न नसकेको हो ।

बैंक पुग्न बाँकी रहेका गाउँपालिकामा धादिङको रुबी भ्याली र नेत्रावती रहेका छन । यी २ गाउँपालिकामा छिट्टै बैंक पुर्याउने प्रदेश सरकारको योजना रहेको छ । धादिङका १३ स्थानिय तहमध्ये ११ ओटामा बैंक पुगिसकेको छ ।


प्रतिक्रिया दिनुहोस्