जुम मिटिङमा पर्यटनमन्त्री बोल्दाबोल्दै पोर्न भिडियो बज्यो « Arthapath.com
८ असार २०७७, सोमबार

जुम मिटिङमा पर्यटनमन्त्री बोल्दाबोल्दै पोर्न भिडियो बज्यो



काठमाडौं । नेपाल पर्यटन बोर्डले सोमबार दिउँसो पर्यटनसँग सम्बन्धित सुरक्षा निर्देशिका सार्वजनिक गर्न ‘जुम एप’ भर्चुअल बैठक आयोजना गरेको थियो

कोरोना भाइरस कोभिड १९ का कारण जुम एप बाट गरीएको भर्चुअल बैठक कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई बोल्न सुरु गरे पछी एक्कसी एक्कासी जुममा पोर्न भिडियो बज्न थाल्यो ।
अनाधिकृत रुपमा भर्चुल मिटिङमा प्रवेश गरेका ‘ह्यारिस’ नामको आईडीबाट पोर्न भिडियो बजेको थियो ।

कोरोना महामारीले नेपालमा पर्यटन व्यवसायी समस्यामा रहेको, मजदुरले रोजीरोटी गुमाएको सन्दर्भ सुनाउँदा सुनाउँदै वेबिनारमा पोर्न भिडियो देखिएको थियो ।

कोरोना भाइरस ९कोभिड(१९० संक्रमणका कारण विश्वका धेरैजसो देशहरुमा जुम एपको प्रयोग हुने गरेको छ ।

यस्ता मिटिङमा पछिल्ला समयमा ह्याकरहरुले अनाधकृतिक रुपमा ‘एक्सेस’ गरेर अश्लिल भिडियो बजाइदिने गरेका छन् । नेपालमा पनि यसको प्रयोग बढ्दै गर्दा यस्ता समस्या बढ्दै गएको हो ।

मिटिङमा देशभरीका पर्यटनमन्त्रीसँगै पर्यटन व्यवसायी, बोर्डका पदाधिकारी तथा पत्रकार गरी २ सयभन्दा बढी सहभागी भएक थिए थिए ।।


प्रतिक्रिया दिनुहोस्