मंगलबार अष्ट्रेलियाबाट २५९ जना नेपाली ल्याइदै « Arthapath.com
९ असार २०७७, मंगलवार

मंगलबार अष्ट्रेलियाबाट २५९ जना नेपाली ल्याइदै




काठमाडौं ।
आज अष्ट्रेलियाको सिड्नीबाट २५९ जना नेपालीहरु बोकेर नेपाल एयरलाइन्सको जहाज काठमाडौं आएको छ ।

स्थानीय समय अनुसार साढे ३ बजे नेपाल एयरलाइन्सको अन्नपूर्ण जहाज काठमाडौं प्रस्थान गरेको हो ।

नेपाल आउन १३ सय नेपालीले फारम भरेका थिए । तर पहिलो चरणमा आज २५९ जना नेपाली काठमाडौं ल्याइएको छ ।

नेपाल फकनेहरुमा आफ्ना छोराछोरीलाई भेट्न अष्ट्रेलिया आएका अभिभावक र केही पर्यटकहरु छन ।

उनीहरु चार महिनादेखि लकडाउनमा परेका थिए ।

आज तेही फ्लाइटमा न्यूजिल्याण्डमा रहेका ११ जना नेपालीहरुलाई पनि सिड्नी हुँदै काठमाडौं ल्याइएको छ ।

यात्रुहरु सबैको पीसीआर परीक्षण गरी नेगेटिभ आएकाहरुलाई नेपाल ल्याइएको छ । उनीहरुलाई होम क्वारेन्टिनमा राखिने दूतावासले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्