सोमबार थप १४४ जनामा कोरोना संक्रमण « Artha Path
२९ असार २०७७, सोमबार

सोमबार थप १४४ जनामा कोरोना संक्रमण




काठमाडौं । सोमबार देशभर थप १४४ जना कोरोना भाइरस संक्रमित थपिएका छन ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४४ जना संक्रमित थपिएसगँै नेपालमा कुल कोरोना संक्रमितको संख्या १६ हजार ९ सय ४५ पुगेको छ ।


त्यसैगरी उपचारपछि निको भएर डिस्चार्ज हुनेको कुल संख्या १० हजार २ सय ९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ ।


आज १ हजार ७ सय ५ जना डिस्चार्ज भएका छन ।


प्रतिक्रिया दिनुहोस्