प्रेमराजा महत दम्पतिलाई कोरोना संक्रमण
काठमाडौं । वरिष्ठ लोकगायक तथा अमेरिकाको मेरिल्याण्ड तथा पेन्सेलभेनिया राज्यका लागि नेपाल सरकारको महावाणिज्यदूत प्रेमराजा महत र उनकी जीवन संगीनी कविता केसी महतलाई कोरोना भाइरस कोभिड १९ संक्रमण भएको छ ।
गायकले शुक्रबार दिउँसो करिब ३ बजे सामाजिक सन्जाल फेसबुकमार्फत् आफू र पत्नी दुवै संक्रमित भएको बताएका छन ।
आनीबानीमा ध्यान दिदादिदै दुर्भाग्यबस कोरोना संक्रमण भएको उनले बताएका छन ।
उनले हाल आफ्नै घरको एउटा–एउटा कोठामा आइसोलेसनमा बसेको जानकारी दिएका छन् । उनले छोरा डा। सरगम महतको निरीक्षण र निगरानीमा बसेको बताएका छन् ।