काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ मा नेपालले प्राप्त गर्ने वैदेशिक ऋण तथा अनुदान सहायता प्रतिवद्धता ह्वात्तै बढेकाे छ। अर्थ मन्त्रालयका अनुसार २०८१ साउन १ गतेदेखि असार २५ गतेसम्मको अवधिमा नेपालले कुल २ खर्ब ७३ अर्ब ४ करोड ६३ लाख ७० हजार रुपैयाँ बराबरको वैदेशिक सहायता प्रतिवद्धता पाएको हो ।