काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माबारे छानबिन गर्न बन्ने संसदीय समिति ११ सदस्यीय बनेको छ । अर्थमन्त्री शर्माले बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई संलग्न गराएको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदीय छानबिन समिति गठनको माग गर्दै आएको थियो । संसद अवरुद्ध हुने अवस्था आएपछि सत्तारुढ दलहरु समिति बनाउन सहमत भएका छन् ।