काठमाडौं । चालू आव ०७८–७९ को १० महिनामा ०.२ प्रतिशत बढेर ८ खर्ब ११ अर्ब रुपैयाँ बढी रेमिट्यान्स नेपाल भित्रिएको हो । नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको बैशाख महिनासम्मको वित्तीय स्थिति सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो । गत आर्थिक वर्षको सोही अवधिमा १९.२ प्रतिशत रेमिट्यान्स बढेको थियो ।