काठमाडौं । सरकारले मंसिर महिनामा राजस्व संकलनमा उल्लेख्य सुधार गरेको छ । यो मंसिरमा सरकारले ८८ अर्ब २७ करोड राजस्व संकलन गरेको छ । महालेखा नियन्त्रकको कार्यालय अन्तरगतको राजस्व व्यवस्थापन सूचना प्रणाली (आरएमआईएस)का अनुसार उक्त राजस्व मासिक लक्ष्यको करीब ९२ प्रतिशत हो । मंसिरमा ९६ अर्ब राजस्व संकलन गर्ने लक्ष्य