काठमाडौँ । नेपालको पहिलो एवम् नेतृत्वदायी रेमिटेन्स कम्पनी आइएमईले आफ्नो स्थापनाको २२औँ वर्ष प्रवेशको अवसरमा आइतवार राजधानी काठमाडौँमा विशेष कार्यक्रमको आयोजना गरी मनाएको छ । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले उद्घाटन गरेको उक्त कार्यक्रममा नेपाल सरकारका मुख्य सचिव श्रीमान् शंकरदास बैरागी, अर्थ सचिव मधुकुमार मरासिनी, श्रम सचिव एकनारायण अर्याल, नेपाल