१ कार्तिक २०८३, आइतबार

उद्योग /बाणिज्य

नेपालमा पहिलो पटक ग्रीन हाइड्रोजन प्लान्टको तयारी, १० महिनामा डीपीआर पेश हुने

काठमाडौं । नेपालमा ग्रीन हाइड्रोजन प्लान्ट तथा फ्यूल सेल स्थापनाका लागि नेपाल लगानी बोर्ड र दक्षिण कोरियाली कम्पनी जि–फिलोस लिमिटेडबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । बिहीबार आयोजित एक विशेष समारोहमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र जि–फिलोस कम्पनीका प्रमुख कार्यकारी अधिकृत गा वु पार्कले समझदारीपत्रमा हस्ताक्षर गरेका छन्