काठमाडौं । भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्ध अनिश्चितकालका लागि लम्बिएको छ । भारत सरकारले यही मार्च अन्तिमसम्मका लागि प्याज निर्यातमा रोक लगाएको थियो । तर, उक्त म्याद नसकिँदै अनिश्चितकालका लागि प्रतिवन्ध लम्ब्याएको हो । भारतमा नजिकिँदै गरेको चुनाव लक्षित गरि आन्तरिक बजारमा प्याजको मूल्य घटाउने उद्देश्यले निर्यात प्रतिवन्ध लम्बाइएको हो