२४ भदौ २०८३, बुधबार

कृषि

यो साल धान उत्पादन ५ लाख टन घट्ने सरकारी अनुमान, के होला चामलको भाउ ?

काठमाडौँ । वर्षातको फेरिएको प्रबृत्तिका कारण यो साल अघिल्ला वर्षको भन्दा कम्तिमा ५ लाख मेट्रिक टन कम.मात्रै धान उत्पादन हुने अनुमान सरकारी अधिकारीहरुले गरेका छन् । तराई क्षेत्रमा निकै ढिला गरी मनसुन (बर्खा) सुरु भएका कारण पोहोर खेति भएकोमध्ये २७ हजार हेक्टर जमीन यसपालि बाँझै बसेको सरकारी आँकडा छ ।