१४ कार्तिक २०८३, शनिबार

कृषि

समयमै मल पुर्याउन सरकारको ठूलो चुनौती, ६ लाख टन आपूर्ति गर्न के ४४ अर्बको बजेट पर्याप्त छ ?

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मल आपूर्तिमा उल्लेखनिय सुधार भएको भएको बताए । अनुदानमा वितरण गरिने रासायनिक मलको आपूर्ति तथा वितरणको अवस्था एवं यस सम्वन्धमा प्रतिनिधि सभाको आकस्मिक, शुन्य तथा विशेष समयमा उठेका विषय र मन्त्रालयले गरेका प्रयासहरुका बारेमा जानकारी गराउँदै मन्त्री अधिकारीले यस्तो बताएका हुन् ।