काठमाडौँ । यो वर्षको दशैँ तिहारमा नयाँ नोटमात्रै होइन, असर्फी र मेडालियन पनि नपाइने भएको छ । नेपाल राष्ट्र बैंकले समयमै सुन किनेर असर्फी छाप्नु पर्नेमा त्यसो नगरेपछि सुनका सिक्का नपाइने पक्कापक्की भएको हो । विगतमा वर्षमा पनि दशैँ र तिहारमा सुनका असर्फी किन्नका लागि राजनीतिक र प्रशासनिक भनसुन गराउनु