काठमाडौं । नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्रको सबै क्षेत्रलाई चलायमान बनाउन आवश्यक रहेको बताए । सोमबार पदभार ग्रहण गर्दै नवनियुक्त अर्थमन्त्री पौडेले यस्तो बताएका हुन् । पदभार ग्रहण गर्दै उनले विकास वित्तका नयाँ विकल्पको खोजि गर्ने सम्बन्धमा संस्थागत अध्ययन गर्ने, खोजि र कार्यान्वयन गर्ने निर्णय गरेका छन् ।