काठमाडौं । मुद्रा स्फीति (औसत महँगीको दर) २६ महिनाकै न्यून स्तरमा झरेको तथ्यांक राष्ट्र बैंकले प्रकाशित गरेको छ । गत मंसिरसम्मको आँकडालाई समावेश गरिएको उक्त विवरणमा मुद्रास्फीति ५ प्रतिशतबाट पनि तल ओर्लिएको देखाइएको छ । २०७८ असोजमा ४.२४ प्रतिशतबाट उकालो लागेपछि पहिलो पटक मुद्रास्फीति ५ प्रतिशतभन्दा तल आएको हो ।