२४ भदौ २०८३, बुधबार

अटो

ललितपुरको कुसुन्तीमा खुल्यो १५ करोड लागतमा एमजीको अत्याधुनिक सर्भिस सेन्टर

काठमाडौं । एमजी सर्भिस सेन्टरले १५ करोड लागतमा ललितपुरको कुसुन्तीमा एमजीको अत्याधुनिक सर्भिस सेन्टर उद्धाटन गरेको छ । नेपाली ग्राहकहरुको आवश्यकतालाई सम्बोधन गर्न सर्भिस सेन्टरको स्थापना गरिएको कम्पनीले जनाएको छ । सर्भिस सेन्टरले एमजीका नेपाली ग्राहकहरुलाई सर्वोत्कृष्ट आफ्टर सेल्स सेवा प्रदान गर्नुका साथै उच्चतम अनुभव सुनिश्चित गर्ने लक्ष्य राखेको छ