काठमाडौँ। बेनी–जोमसोम सडक अवरुद्ध हुँदा चीनको कोरलानाकाबाट नेपाल भित्रिएका दुई हजार पाँच सयभन्दा बढी विद्युतीय सवारीसाधन मुस्ताङमा रोकिएका छन्। असोज ११ गतेदेखि सडक प्रभावित भएपछि नेपाल भित्रिएका ती गाडी सम्बन्धित गन्तव्यमा पुर्याउन नसकिएको हो। गत शुक्रबार साँझदेखि सडकमा यातायात सञ्चालन हुन थाले पनि मार्गको अवस्था अझै जोखिमपूर्ण र असहज रहेकाले