काठमाडौँ । सरकारले सम्पत्ती शुद्धिकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारण क्षेत्रमा सम्बद्ध नियमानकारी निकायको संख्या थप गरेको छ । मन्त्री परिषदले गत शुक्रबार बसेको बैठकबाट यातायात व्यवस्था विभागलाई पनि नयाँ नियमनकारी संस्थाको रुपमा उभ्याएको छ । यससँगै सम्पत्ती शुद्धिकरणका सवालमा नियमन गर्ने सरकारी निकायहरुको संख्या १२ पुगेको छ ।