काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । मंगलबार कम्पनीको ४७.५० प्रतिशत बोनस बापतको ७ लाख ६२५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । सो बोनस सेयर अब सम्वन्धीत सेयरधनीहरुको हितग्राही खातामा आएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।