काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरकेो छ । सार्वजनिक विवरण अनुसार लघुवित्तको खुद नाफा आकाशिएको हो । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा लघुवित्तको मुनाफा ५४.१६ प्रतिशतले बढेर १० करोड ८८ लाख ६३ हजार रुपैयाँ आर्जन गर्ने सफल भएको छ ।