काठमाडौं । राष्ट्र बैंकले साविककै आकार तथा सुनौलो रङ्गमा टकमरी गरिएको २०७७ साल लेखिएको १ रुपैयाँ दरको सिक्का फागुन २५ गतेदेखि चलनचल्तीमा ल्याउने भएको छ । राष्ट्र बैंकले प्रचलनमा ल्याउने सिक्काको वृत्ताकार घेराभित्र चौसठ्ठी वटा थोप्लाहरु रहेका छन् । चौसठ्ठी थोप्लाहरूको वृत्ताकार घेराभित्र हिमाल, पहाड र तराईको पृष्ठभूमिमा सात प्रदेशसहितको