काठमाडौँ । नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न आज शुक्रबार पुनः १ खर्ब २५ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ। लामो समयदेखिको आर्थिक शिथिलता र पछिल्लो समयका केही असहज परिस्थितिका कारण बैंकहरूबाट अपेक्षित रूपमा कर्जा प्रवाह हुन नसकेपछि केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत यो