काठमाडौँ । अर्थतन्त्रका बाह्य क्षेत्र निरन्तर सहज बन्दै गएको छ । विशेषगरि नेपाल भित्रने रेमिट्यान्स र घट्दो आयात दरले नै बाह्य क्षेत्रलाई थप मजबुत बनाएको हो । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो दुई महिनामा रेमिट्यान्स आप्रवाह २२.१० प्रतिशतले बढेर २ खर्ब २८ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ ।