काठमाडौं । पछिल्लो समय क्यूआर कोड र मोबाइल बैंकिङ्ग मार्फत हुने कारोबार ह्वात्तै बढेको छ । एक वर्षकै अवधिमा क्यूआर कोड र मोबाइल बैंकिङ्ग मार्फत हुने कारोबार झण्डै दोब्बरले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङ्क अनुसार क्यूआर कोड मार्फत हुने कारोबार १५५.६२ प्रतिशतले वृद्धि भएको हो ।