१८ भदौ २०८३, बिहिबार

बैंक

बैंक तथा वित्तीय संस्थालाई कोरोना न्यूनीकरण गर्न राष्ट्र बैंकको ९ बुँदे निर्देशन

काठमाडौं । कोरोना भाइरसको जोखिम बढेपछि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई जोखिम न्यूनीकरण र सुरक्षित सेवाप्रवाहका लागि निर्देशन जारी गरेको छ । राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले पूर्ण सजगताका साथ कारोबार सञ्चालन गर्न इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरूलाई नौँ बुँदे निर्देशन जारी गरेको हो ।