काठमाडौं । वाणिज्य बैंकहरुको निक्षेप घटेको छ । एकदिनमै १० अर्ब रुपैयाँले घटेर निक्षेप ४६ खर्ब ८० अर्ब रुपैयाँ कायम भएको छ। नेपाल राष्ट्र बैंकको तथ्याङ्कले यस्तो देखाएको हो । राष्ट्र बैंकका अनुसार पुस २४ गते ४६ खर्ब ९० अर्ब रुपैयाँ रहेको निक्षेप एकदिनमै १० अर्ब रुपैयाँले घटेको हो ।