काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । आज नेप्सेमा एचआइडीसिएलको बोनस शेयर सूचीकृत भएको हो । कम्पनीले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट शेयरधनीहरुलाई ८ प्रतिशत बोनस शेयर र ०.४२१ प्रतिशत नगद लाभांश गरी कुल ८.४२१ प्रतिशत लाभांश वितरण गरेको थियो ।