८ श्रावण २०८३, शुक्रबार

बैंक

मर्जर प्रस्ताव र लाभांश पारितका लागि नेपाल इन्भेष्टमेन्ट बैंकले डाक्यो साधारण सभा

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले साधारण सभाका लागि मिति तय गरेको छ । बैंकले आउँदो पुस ७ गते ३६ औं वार्षिक साधारण सभा गर्ने भएको हो । बैंकको मंसिर ११ गतेको सञ्चालक समितिको बैठकले काठमाडौं, कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा उक्त दिन बिहान १० बजे सभा गर्ने निर्णय गरेको हो ।