काठमाडौं । इलेक्ट्रिक एसयूभी ‘जिकर एक्स’ को मूल्य कटौती भएको छ । नेपालका लागि जिकर गाडीको आधिकारिक वितरक पायोनियर मोटोकर्पले बजारमा उपलब्ध आफ्नो प्रमुख लक्जरी ईभी ‘जिकर एक्स’ को मूल्य घटाएको हो । कम्पनीले ग्राहकहरूको माग तथा बजारको प्रतिस्पर्धालाई मध्यनजर गर्दै जिकर एक्सको मूल्य १० लाख रुपैयाँले घटाएको छ ।