काठमाडौं । नेपाली अर्थतन्त्र सुधारको मार्गमा अग्रसर देखिन्छ । मौद्रिक र वित्तीय सूचकहरू सन्तुलनतर्फ उन्मुख छन् । विशेषगरि नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१–८२ को बैशाख मसान्तसम्मको मुलुकको वर्तमान वित्तीय स्थिति सम्वन्धी तथ्याङ्कले यस्तो देखाएको हो । लामो समयदेखि मन्दी र अस्थिरताले ग्रस्त नेपाली अर्थतन्त्रमा सुधारका