काठमाडौं । बैंकको ब्याजदर करिडोरको तल्लो सीमाको रुपमा रहने निक्षेप संकलन दरलाई राष्ट्र बैंकले घटाएको छ । राष्ट्र बैंकले यस्तो दरलाई एक प्रतिशत बिन्दुले घटाएर ६.५ कायम गरेको छ । गत आइतबार केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८०/८१ का लागि जारी मौद्रिक नीति कार्यान्वयन गर्दै यस्तो व्यवस्था लागू गरेको हो