काठमाडौं । पछिल्लो समय नेपाली बैंकिङ्ग प्रणालीमा निक्षेप बढ्न थालेको छ । नेपाल बैंकको तथ्याङ्क अनुसार बैंकिङ्ग प्रणालीमा एकदिनमै ६ अर्ब निक्षेप थपिएको हो । एकदिनमै सो बराबरको निक्षेप थपिँदा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ५३ खर्ब २० अर्ब रुपैयाँ पुगेको हो । यो निक्षेप अहिलेसम्मकै उच्च हो ।