१४ कार्तिक २०८३, शनिबार

कर्पोरेट मुभमेन्ट

प्रभु इन्स्योरेन्सको सञ्चालकमा आचार्य

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीको सञ्चालकमा केशवराज आचार्य चयन भएका छन् । हिजो बसेको संचालक समितिको बैठकले कम्पनीको सञ्चालक समितिमा संस्थापक शेयरधनी नेपाल होल्डिङ प्रालिको तर्फबाट नियुक्त गरेको कम्पनिले जनाएको छ । यस अघि कम्पनिमा होल्डिङ प्रालिको तर्फबाट कृष्ण बहादुर कुंवरले प्रतिनिधित्व गर्दै आएको कम्पनिले जानकारी दिएको छ ।