काठमाडौं । माउन्टेन इनर्जी लिमिटेडको संचालकमा टिका प्रसाद उप्रेति नियुक्ति भएका छन् । कम्पनीको भदौ ९ गते सोमबार बसेको संचालक समिति बैठकको निर्णयबाट रिक्त संचालकमा नियुक्ति भएका हुन् । उनको कार्यकाल पनि सोमबारबाटै लागू भएको कम्पनीले जनाएको छ।