काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको नव निर्वाचित संचालकहरुको फागुन ३ गते बसेको बैठकले संचालक मनोरञ्जन रमण शर्मालाई सर्वसम्मतिले अध्यक्ष पदमा मनोनयन गरेको छ । फागुन ३ गते सम्पन्न तेस्रो वार्षिक साधारण सभाले मनोरञ्जन रमण शर्मा, शुरेश सापकोटा, उमेशलाल श्रेष्ठ, सम्झना अर्याल र विश्वचन्द घिमिरेलाई संचालक पदमा निर्वाचित गरेको थियो