कर्पोरेट मुभमेन्ट « Arthapath.com
५ असार २०८३, शुक्रबार

कर्पोरेट मुभमेन्ट

एचआईडीसीएलमा पनेरुले पाए कम्पनी सचिवको जिम्मेवारी

काठमाडौं । हाइड्रोइलेक्ट्रिीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको कम्पनी सचिवको जिम्मेवारी रमेश पनेरुले पाएका छन् । हाल कम्पनीको कायम मुकायम प्रमुख प्रबन्धक(वित्त) रहेका पनेरुलाई सविचको जिम्मेवारी दिइएको हो । कम्पनी सचिवको अतिरिक्त जिम्मेवारी वापत उनलाई मासिक १५ हजार ६२५ रुपैयाँ अतिरिक्त पारिश्रमिक प्रदान गरिने कम्पनीले जनाएको छ।