काठमाडौं । चौधरी ग्रुप अन्तर्गत एलिका ब्रान्डको पहिलो एक्सक्लुसिभ ब्रान्डसप काठमाडौंको टेकुमा खोलिएको छ । आज (साउन १७ गते) एक कार्यक्रमकाबीच एक्सक्लुसिभ ब्रान्डसप उद्घाटन गरेको हो । एलिका पिबी व्हर्पुल किचेन अप्लाएन्सेसका प्रमुख कार्यकारी अधिकृत र प्रबन्ध निर्देशक प्रल्हाद भुताड र सिजी इलेक्ट्रोनिक्सका उपाध्यक्ष एससि साबुको उपस्थितिमा उद्घाटन भएको छ