८ श्रावण २०८३, शुक्रबार

कर्पोरेट

राष्ट्रिय वाणिज्य बैङ्क अग्रणी बैङ्क बन्नुपर्छ : अर्थमन्त्री पौडेल

काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय वाणिज्य बैङ्कलाई देशकै एक नम्बर बैङ्क बनाउने गरी काम गर्नुपर्ने बताएका छन् । राष्ट्रिय वाणिज्य बैङ्कको लुम्बीनी प्रादेशिक कार्यालय र शाखा कार्यालयको नवनिर्मित भवन उद्घाटन गर्दै मन्त्री पौडेलले बदलिँदो समयसँगै सबै कुराहरुलाई रुपान्तरण गरी अग्रणी बैङ्क बनाउनु पर्नेमा जोड दिए । उनले सरकारको पूर्ण