काठमाडाैं । डिशहोमले आफ्नो भर्चुअल प्रिभिलेज कार्ड कार्यक्रम अन्तर्गत पोखरास्थित लेक साइड रिट्रिट (आइएमई हस्पिटालिटी द्वारा व्यवस्थापित) सँग नयाँ साझेदारी घोषणा गरेको छ, जसअन्तर्गत डिशहोमका सक्रिय ग्राहकहरूले विशेष छुटको सुविधा पाउनेछन्। यस साझेदारीमार्फत ग्राहकहरूले आवासमा १५ प्रतिशत छुट पाउने छन् भने फुड एण्ड बेभरेजमा १५ प्रतिशत छुट पाउने छन् ।