काठमाडौँ ।। चन्द्रागिरी हिल्स लिमिटेडले निमित्त महाप्रबन्धकमा श्याम तण्डुकार नियुक्त गरेको छ । कम्पनीको मंसिर १८ गते बसेको संचालक समितिको बैठकले तण्डुकारलाई निमित्त महाप्रबन्धकको जिम्मेवारी दिने निर्णय गरेको हो । उनलाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्त महाप्रबन्धकमा नियुक्त गरीएको हो । श्याम तण्डुकार यसअघि एक्जुकेटीभ म्यानेजर पदमा कार्यरत थिए ।