काठमाडौं । एभरेष्ट बैंकले झण्डै साढे तीन अर्ब खुद नाफा कमाएको छ । बैंकले आइतबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । समिक्षा अवधिमा बैंकको खुद नाफा ३६.८५ प्रतिशतले वृद्धि भई ३ अर्ब ३९ करोड ३१ लाख ५४ हजार रुपैयाँ पुगेको छ।