कर्पोरेट « Arthapath.com
१५ मंसिर २०७७, सोमबार

कर्पोरेट

कामना सेवा बैंकको डिवेञ्चर प्रत्याभूतीकर्ता नागरिक लगानी कोष

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको रु.१,००० अंकित दरका १०,००,००० (दश लाख) कित्ताको ऋणपत्र प्रत्याभुतीकर्ताको रुपमा नागरिक लगानी कोष नियुक्त भएको छ । डिवेञ्चर प्रत्याभूतीकर्ता सम्झौता–पत्रमा कामना सेवा विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र नागरिक लगानी कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपालले हस्ताक्षर गर्नुभएको थियो